जन्मोत्सवको अवसरमा नेविसंघ नेता क्षेत्रीद्धारा बिद्यार्थी र विपन्नलाई राहत वितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, बैशाख १४
जन्म दिनमा धेरै साथी जम्मा गर्ने तथा होटल तथा रेष्टुरेण्टमा फजुल खर्च प्रचलन रहेको अवस्थामा कपिलवस्तुका एक नेविसंघ नेताले भने जन्म दिन फरक तरिकाले मनाएका छन् । सिद्धार्थ क्याम्पस नेविसंघका इकाई सभापति दिनेश क्षेत्रीले ३० औं जन्मोत्सवको अवसर पारेर राहत वितरण गरेका हुन । एक महिना भन्दा धेरै लामो समय देश लकडाउनमा परेको र समय सन्र्दभमा आफ्नो जन्मदीनपनी यसै बेला परेकोले उनले भाडामा बस्ने बिद्यार्थी र अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेका हुन ।

३०औं जन्मोत्सवको अवसरमा उनले तिस परिवार लाई केहि दिन सम्म छाक टार्ने व्यवस्था मिलाएका छन् । तरुण दल र नेविसंघ क्षेत्र नं. १ कपिलवस्तुको सहयोगमा राहत वितरण गरिएको थियो । विपन्न वर्गहरुमा तरुण दल र नेविसंघ क्षेत्र नं।१ कपिलवस्तुले साहरा दिदै आईरहेका छन् । संगठन भित्रका सदस्यको जन्मोत्सवमा पनि उनिहरु सबै एकजुट भएर सेवामै खटिएका छन् ।

क्षेत्रिको जन्मोत्सवमा राहत वितरणमा सहयोग गर्दै तरुणदल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले जसले जे भनेता पनि यो सामाजिक कार्यलाई कामलाई तिव्रता दिने बताए । विषम परिस्थितिमा कुनै पार्टी विशेष नहेरि राजनीति भन्दा माथी उठेर काम गरेका भन्दै बिपन्न परिवारको घरमा चुल्हो बाल्ने उनको भनाई छ ।

त्यस्तै नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले सधै जनताकै सेवामा रहेको भन्दै कुनैन कुनै तवरबाट सहयोग गर्दै हिंडेको बताए ।

जन्मोत्सव परेका नेविसंघका इकाई सभापति क्षेत्रिले सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आफूहरु सदैव जनताकै सेवामा लागी रहने र हरेक व्यक्तिको बाच्न पाउने अधिकार सुनिश्चित गर्न सक्दो सहयोग गर्नेमा जोड दिए । उनले प्राय सबैजसो जन्मोत्सव सेवा गरेरै मनाउने गरेको बताउँछन् । क्षेत्रिले जन्मोत्सवमा चारनम्बर क्षेत्रमा वस्ने बिद्यार्थीहरु र विपन्न संग राहत दिदै मनाएका हुन् । जन्मोत्सवमा तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुका सदस्यहरु र विपन्न तथा बिद्यार्थीहरुको उपस्थीति थियो ।


प्रकाशित : २०७७ बैशाख १४, आईतवार १४:५२