लकडाउनलाई थप कडाई गर्न विजयनगरमा ५० जना म्यादी प्रहरी आह्वान

ByLumbini Darpan Online

१६ बैशाख २०७७, मंगलवार १६:४२ १६ बैशाख २०७७, मंगलवार १६:४२ १६ बैशाख २०७७, मंगलवार १६:४२

राम प्रघट कोरी कपिलवस्तु, बैशाख १६
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५० जना म्यादी प्रहरी भर्नाका लागि आह्वान गरेको छ । गाउँकार्यपालिकाको बैठकले दैनिक ज्यालादरी सेवामा पदपूर्ति गर्न ३ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि गाउँपालिका भित्र थप निगरानी गर्न म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । सरकारले घोषणा गरेको लकडाउन अवधिभर आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गर्ने जनाइएको छ ।

विजयनगर गाउँपालिका भारतको सिमानासँग जोडिएको र खुल्ला सिमाना भएकोले भारतबाट व्यक्तिहरु लुकीछिपी आउने सक्ने सम्भावना बढी रहेकोले सुरक्षाकर्मीको समन्वयमा थप निगरानीका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । यसरी भारतबाट आउने व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै गाउँपालिकाले सिमामा थप कडाईका साथ निगरानी बढाउन आश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए ।

यस्तै गाउँपालिकाले आन्तरिक साना विकास निमार्णका कार्य पनि सञ्चालन गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामहरुलाई खुकुलो बनाउनुको साथै साना विकास निमार्णका कामहरु सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरबाट सुचारु गरिने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *