हरि आचार्य कपिलबस्तु वैशाख १६
कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण गरिव, अति बिपन्न र असंगठित घरपरिवारलाई कृष्णनगर नगरपालिकाले दोश्रो चरणको राहत बितरण गर्नका लागि तयार थालेको छ । नगरपालिकाको १२ वटा वडाहरुमा रहेका ३ हजार घरपरिवारलाई दोश्रो चरणको राहत बितरण गरिने तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पहिलो चरणमा ३ हजार २ सय ८२ घर परिवारलाई राहत बितरण गरि सकेको छ । नगर भित्रका कोही नागरिक भोकभोकै बस्न नपरोस भन्ने उद्देश्यले सो कार्य गरिएको नगरपालिकाका मेयर रजत प्रताप शाहले बताए । उनले लकडाउन लम्ब्एिका कारण फेरी राहत वितरणलाई निरन्तरता दिने बताए ।
यस्तै नगरपालिकाले दोश्रो चरणको विपद् ब्यबस्थापन राहत कोषमा ७२ लाख रुपैंयाको कोष खडा गर्ने निर्णय समेत गरिएको मेयर शाहको भनाई छ । पहिलो चरणको राहत विपद् कोषमा पनि नगरपालिकाले ७२ लाख रुपैयाँको कोष उपप्रमुख सवनम खातुनको संयोजकत्वमा खडा गरेको थियो ।