कांग्रेस वाणगंगा ३ वडा समितिद्धारा ४० ज्येष्ठ तथा एकल परिवारलाई झुल वितरण

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, बैशाख १७
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं. ३ वडा समिति कपिलवस्तुले झुल वितरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको जोखिम संगै लामखुट्टेको टोकाईबाट बचाउँने उद्देश्यले झुल वितरण गरिएको हो । वाणगंगा नगरपालिका ३ का सिउटी र कर्माहनाका ४० गरिव तथा विपन्न परिवारलाई वितरण गरिएको वडा सभापति खिमानन्द पाण्डेले जानकारी दिएका छन् ।

वडा सभापति पाण्डेले गर्मीयाममा लामखुट्टै टोकाईबाट सर्ने रोगहरुबाट बचाउन गरिव ज्येष्ठ तथा एकल परिवारलाई सम्मान स्वरुप एक कार्यक्रमको आयोजना गरि झल हस्तान्त्रण गरिएको बताए ।  वडा सभापति खिमानन्द पाण्डे र नेता राजन पाण्डेको विशेष सहयोगमा उक्त सामग्री वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले ज्येष्ठ तथा एकल परिवारको सम्मान स्वरुप गरिएका उक्त कार्य प्रशंसनिय रहेको बताए । उनले तरुण दल नेविसंले गर्दै आएको सामाजिक कार्यलाई सहयोग गरको भन्दै सबै मिलेर गरिव विपन्न परिवारको घाउमा मलम लगाउनुपर्ने बताए । लकडाउनमा राहत मात्र नभई दुःखीहरुलाई हरेक क्षेत्रबाट सहयोग गर्नुपर्ने जोड दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेविसंघ क्षेत्र नं.१ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले लकडाउन घोषणा भएसंगै सरकार पक्ष भन्दा अगाडि गरिव, विपन्न, विद्यार्थी तथा मजदुरहरुको घरघरमा गई नेविसंघ राहत वितरण गर्दै आएको भन्दै यसलाई निरन्तरता दिने बताए ।

वडा सभापति खिमानन्द पाण्डेको अध्यक्षता, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडा समतिका पदाधीकारीहरु तथा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ बैशाख १७, बुधबार ०९:३७