हरि आचार्य कपिलवस्तु, १९ बैशाख
कपिलवस्तुका दुःखी, पिडित र गरिवहरुको साहारा बन्दै आएका नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं.१ कपिलवस्तुले फेरी उदाहरणिय कार्य गरेका छन् । लकडाउनको यो विषम परिस्थितीमा अन्तराष्ट्रिय श्रमिक दिवसको दिन अन्य राजनितिक वा संघ संस्थाले घरमै बसेर शुभकामना दिईरहेका बेला नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं.१ कपिलवस्तुले अतिविपन्न मजदुरहरुको घरमै पुगेर राहत प्रदान गरेका छन् । \
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ बन्डौलीमा अतिविपन्न मजदुरहरुलाई राहत वितरण गरेका हुन् । कोरोना भाईरस ले देश पूर्ण रुपमा लकडाउनको अवस्थामा छ । दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरु काम गर्न पाएका छैनन् । लकडाउन भएको ३८ दिन पुरा हँुदा समेत कतिपय मजदुरहरुले राहत पाउन सकिरहेका छैनन् । छाक टार्न पनि समस्या भैरहेको समयमा नेपाल तरुण दल र नेविसंघ कपिलबस्तुले मजदुरहरुको साहारा बन्दै १ सय ३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरको घरघरमा पुगेर श्रमिक दिवस मनाएका साहारा हुन्
श्रमिक दिवसमा नेपाल तरुण दल र नेविसंघले श्रमिकहरुको लागि आवश्यक चामल, दाल, नुन र तेल लगायतका राहत खद्यान्न समाग्री वितरण गरेको नेविसंघ क्षेत्र नं. १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए । उनले नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेविसंघले निश्वार्थ सेवाको भावनले अतिविपन्न मजदुरहरुलाई केही भएपनि सहयोग हुने उद्देश्यले राहत वितरण गरेको जानकारी दिए ।
त्यस्तै राहत लिन आएका मजदुर रेशम राउतले राहत पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिए । राहत वितरणमा अतिविपन्न र कुनै संघ संस्थाहरुबाट पनि राहत पाउँन नसकेको ७ परिवारहरुलाई राहत वितरण गरेको नेपाल तरुणदलका क्षेत्रीय सदस्य सन्त बहादुर पौडेलले बताए ।
नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले दुःख पाएका गरिब, श्रमिक मजदुरहरुलाई सहयोग गर्न पाउँदा निकै खुसि भएको बताए । उनले आफुहरुले निरन्तर दुखि गरिबहरुलाई राहतहरु वितरण गर्दै आएको जानकारी समेत दिए । राहत वितरण कार्यक्रममा विद्यार्थी नेता राममणि पौडेल, समाजसेवी डिवगर कडेल, मिन थापा, ईश्वरि थापा लगायतको उपस्थिति रहेको थियो ।