ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोभिड १९ को प्रभाव र उच्च सर्तकता

लुम्बिनी दर्पण २०७७ जेष्ठ १५, बिहीबार ०४:३६
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

कोरोना अर्थात कोभिड १९ महामारीको कारण अहिले बिश्व समुदाय नै आक्रान्त भैरहेको छ । आम मानिसमा एक किसिमको भय र त्रासको वातावरण श्रृजना गरेको छ । विश्वभर सङक्रमितको संख्या अनपेक्षित रुपमा बढे सँगै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गैरहेको छ । यो महामारी हतियार बिनाको तेस्रो बिश्व युक्त जस्तै बनेको छ ।

पछिल्लो समयमा नेपालमा पनि संक्रमितको सङख्या उल्लेख्य रुपमा बढ्दै जानाले पनि अबका दिनहरु सरकार लगायत हामी सबैको लागि एकदम जटिल एवमं चुनौतीपूर्ण बनेको छ । यस्तो जटिल परिस्थितिमा सबै तहका सरकार, राजनैतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अभियानर्की एवम् स्वयम् नागरिकहरु अझ जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

यस जटिल अवस्थामा महामारीलाई न्यूनिकरण गर्नको लागि राज्यको ठूलो भूमिका देखिन्छ । आवश्यक बजेट व्यवस्थापन गर्ने, राहत कार्यक्रम , स्वास्थ्य सामग्रीहरु औषधिहरुको समयमा व्यवस्थापन गर्ने देखि लिएर महामारी न्युनिकरण गर्न सबै सरोकारवालाहरु सँग समन्वय गरेर अगाडी बढ्नु पर्दछ ।

विशेष गरि सङक्रमणको पहिचान, रोकथाम , उपचार र नियन्त्रणसँग प्रत्यक्ष संलग्न हुने जनशक्तिहरुलाई हौसला प्रदान गर्दै महामारीसँग जुध्नु पर्ने देखिन्छ । उच्च मनोबलले नै रोगसँग लड्ने प्रतिरोध क्षमतामा बढाउने हुनाले क्वारेन्टाईन, आईसोलेसनमा बसेकाहरु मात्र नभएर आम नेपाली जनताहरुले सधै सकारात्मक सोंच राख्नुपर्ने देखिन्छ ।

समाजमा कोरोना संक्रमित र उसका परिवार प्रति अमानविय व्यवहार देखिनु कोरोना रोग प्रतिको भय र त्रासका पनि हुन सक्छ साथै कमजोर मानसिकताको पराकाष्टा पनि । यदी हामी सबै जना सचेत र संयमित भयौ भने नेपालमा महामारी नियन्त्रण हुन सक्छ तर असावधानीका कारण महामारी अलि व्यापक रुपमा फैलियो भने यो भन्दा जटिल समस्या देखिन सक्छ । यो बिषयमा समयमै सचेत हुनु आवश्यक छ ।

कोभिड १९ सरुवा रोग भएकोले पनि सुरक्षाका विधिहरु समयमा अपनाईएन भने स्वयम स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, अभियानकर्मी लगायत अन्य मानिसहरुमा नै सर्न सक्ने प्रबल सम्भावना देखिन्छ । ज्यान नै जोखिममा राखेर अहोरात्र खट्नु पर्ने बाध्यात्मक परिस्थिति एकातिर छ भने अर्कोतिर सामाजिक अपहेलना , आफ्ना निजि संवेदना र दायित्वहरुलाई एकातिर थाती राखेर अहोरात्र खटिनु परेको पीडा देखिन्छ ।

स्वास्थ्यकर्मी मात्र नभएर क्वारेन्टाईनमा बसेकाहरुलाई पनि एक किसिमको हौसला दिनु जरुरी छ । मानिस क्वारेन्टाईनमा बस्दा त्रसित नहोस् भन्नका लागि क्वारेन्टाईनमा किन बसिन्छ, कोरोना कस्तो रोग हो, के यो रोग लाग्न बित्तिकै मानिस मर्छ की मर्दैन आदि जस्ता विषयहरुमा जानकारी दिने । उनीहरुको नैराश्यता हटाउनको लागि बेला बेलामा योगाहरु, ध्यानहरु, नृत्य, संगीतको व्यवस्था गर्यो भने उनीहरुमा एक किसिमको उत्प्रेरणा पैदा हुन्छ ।

पछिल्ला दिनहरुमा क्वारेन्टाईन तोकिएको मापदण्ड अनुसारको नभएको भन्ने गुनासोहरु आइरहेको सन्दर्भमा क्वारेन्टाइन बनाउँदा मापदन्ड पूरा गर्नुपर्ने, मापदण्ड पूरा नभएका क्वारेन्टाईनहरु तुरुन्त निर्धारित मापदण्डक बमोजिम बनाउनु पर्ने त्यस्तै गरि स्वस्थकर खानाको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

सङक्रमित बिरामीलाई त झनै आत्मबल बढाउने किसिमले सुमधुर ब्यवहार गर्नुपर्छ, नियमित हौसला बढाउनु पर्छ, स्वयं बिरामीमा पनि सकारात्मक सोंचका साथै उच्च मनोवल हुन जरुरी छ ।

सामाजिक सन्जालहरुमा पोष्ट हुने अनावश्यक हल्ला, अफवाह फैलाउने खालका समाचारहरुले आम नागरिकहरुमा एक किसिमको भय, त्रासको स्थिति देखापरेको छ । जसको लागि स्वयम नागरिक पनि अति सतर्क र चनाखो बन्दै आधिकारीक वेभसाईटहरुबाट प्राप्त सूचनाहरुलाई मात्रै विश्वास गर्नुपर्ने देखिन्छ । बन्दाबन्दीको कारण घरमै बस्दा मानिसहरुमा विभिन्न किसिमका समस्या देखिन्छ । जसलाई कम गर्नको लागि घरायसी काम ,शारीरिक व्यायाम, योगा, जस्ता कार्यहरु नियमित रुपमा गर्ने बानी बसाल्नु पर्ने देखिन्छ ।


प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार ०४:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech