ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आज सगरमाथा दिवस : कोरोनाले एक्लियो सगरमाथा

लुम्बिनी दर्पण २०७७ जेष्ठ १६, शुक्रबार ०३:२३
[sharethis-inline-buttons]

लुदअ जेठ १६, काठमाण्डौ
पर्वतारोहणको क्षेत्रमा विशेष मानिने दिन मे २९ । तर कोरोना भाइरसको कारण पर्वतीय व्यवसायसँगै मे २९ पनि निरास बनेको छ ।

पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुले सामान्य रुपमा मे २९ लाई सम्झेका भए पनि अघिल्ला वर्षहरुमा जस्तो उत्साह छैन । कोरोनाले विश्वलाई नै सताइरहेको बेला मे २९ पनि गुमनाम बन्न पुगेको छ ।

मे २९ अर्थात सगरमाथा दिवस । ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन् भने साहसिक काम मन पराउनेहरुले साहसको प्रतीक । नेपाल सरकार पर्यटन विभागले पनि विशेष रुपमा मनाउने यो दिवसमा यो वर्ष छायाँमा पर्यो ।

सगरमाथाले नेपाललाई बिश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो । सगरमाथाको आरोहण सुरु भएपछि नै यसको चर्चा विश्वभर भएको हो । यसबाट नेपालमा पर्वतीय पर्यटकको आवागमनसँगै यो क्षेत्र व्यवसायिक बन्यो । अहिले नेपालमा आउने पर्यटकमध्ये उच्च गुणस्तरका पर्यटक पर्वतीय क्षेत्रकै हुन् । जसले यहाँका धेरैलाई रोजगारी तथा व्यवसायको अबसर र देशलाई राजश्व दिइरहेका छन् ।

सुनसान सगरमाथा

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । तालिम प्राप्त शेर्पा, अनुकूल कपडा तथा उच्च प्रबिधिका कारण आरोहणमा सहजतासँगै आरोहीहरु बढेका हुन् ।

तर यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बने । कोरोना भाइरस संक्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेनन् भने सरकारले सबै हिमाल आरोहणकार्य यो मौसमका लागि बन्द ग¥यो । यही कारण यो वर्ष सगरमाथा सुनसान बन्यो ।

झण्डै तीन महिना झकिझकाउ हुने सगरमाथाको आधारशिविर सुनसान बन्यो भने एक हजारको हाराहारीमा मानिस उकालो लाग्ने आधारशिविर माथिको बाटो बनाउने काम नै भएन । आरोहणमा प्रतिबन्ध लगाउनुअघि हिउँमा बाटो बनाउने आइसफल डाक्टर र केही गाइडहरु सगरमाथा आधार शिविरमा पुगेको भए पनि आरोहण नहुने भएपछि उनीहरु फर्किए ।

आरोहण नहुँदा सगरमाथा मात्र हैन, त्योभन्दा तल खुम्जुङ, नाम्चे, लुक्ला लगायतका ठाउँका होटलहरु पनि सुनसान भए । वसन्त ऋतुमा २० हजारको हाराहारीमा विदेशी पर्यटक पुग्ने खुम्बु क्षेत्रमा यो फागुन महिनामा केही पर्यटक गए पनि त्यसपछि कोही नगएका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । कोरोनाको कहरले यो वर्ष विश्वमै पर्यटन क्षेत्र सुनसान भएको छ ।

१२ हजार भन्दा बढीको पाइला

अघिल्लो वर्षसम्ममा साढे १२ हजारभन्दा धेरै मानिस सगरमाथाको शिखरमा पुगेका थिए । तीमध्ये आधा जति आरोहणको अनुमति लिएका र आधा जति आरोहण सहयोगी हुन् । यो वर्ष पनि आरोही र उनीहरुका सहयोगी समेत गरी आठ सयको हाराहारीमा मानिस शिखरमा पुग्ने अनुमान गरिएको भए पनि कोरोनाको डरका कारण कुनै आरोहण नभएको अन्नपूर्ण एक्स्पिडिसन प्रालिका कार्यकारी प्रमुख कामी निमा शेर्पाले बताउनुभयो ।

एक जना विदेशी नागरिकले सगरमाथा आरोहणका लागि ११ हजार डलर राजश्व बुझाउनुपर्छ । राजश्व सहित सबै व्यवस्थापनका लागि एक जना आरोहीले ३५ देखि ६० अजार डलर खर्च गर्छन् । झण्डै ६० दिनको बसाइका लागि आउने आरोहीहरु नेपालका लागि गुणस्तरीय पर्यटक हुन् । समग्र क्षेत्रका पर्यटकसँगै आरोहणका लागि आउने पर्यटक पनि नआउँदा पर्यटन व्यवसायमा धक्का पुगेको छ ।

उचाइ कति ?

सगरमाथाको उचाइ ८८४८ मिटर हो । यो नाप १७२ वर्ष अगाडि अर्थात सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले सर्वेक्षण गरी प्रमाणित गरेको हो । तर अहिले विभिन्न कारणले सगरमाथाको उचाइ घटबढ भएको अनुमान गरिन्छ । अन्तर्राष्ट्रिय रुपमै सगरमाथाको उचाइमा प्रश्नहरु बढिरहेकोले नेपाल सरकारले गएको वर्ष सगरमाथाको उचाइ नाप्यो । विभिन्न ठाउँमा आधार स्टेसन बनाएर नापी विभागको एउटा टोली सगरमाथाको शिखरमै पुगेर नाप लिएको छ । तर उचाइ कति भन्ने अझै टुङ्गो लागेको छैन ।

यसैबीच सगरमाथाको उचाइ नाप्नको लागि चीनको एउटा सर्वे टोली यही १४ गते बुधबार बिहान सगरमाथाको शिखरमा पुग्यो । चीनतर्फको बाटोबाट टोली शिखरमा पुगेको हो । नेपालले लिएको नापको तथ्याँक मिलाउने काम अन्तिम चरणमा पुगेको र चीनले नापीको काम सकेपछि एकै पटक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ । दुबै पक्षले नाप लिएपछि एउटै आधिकारिक नाप सार्वजनिक गर्नेबारे नेपाल र चीनका राष्ट्रपति स्तरमा सहमति भएकोले दुबैको नतिजा आएपछि मिलाएर एउटै नाप सार्वजनिक गरिन लागेको विभागले जनाएको छ ।

सरसफाई पनि भएन

सगरमाथामा पहिलोपटक भएको आरोहणदेखिकै फोहोर बाँकी रहेको आरोहण क्षेत्रमा काम गर्नेहरु बताउँछन् । अघिल्लो वर्ष सरसफाई अभियान चलाएर सरकारले केही फोहोर व्यवस्थापन गरेको थियो ।

यो वर्ष पनि सरसफाई अभियानका लागि सरकारले सेनालाई जिम्मेवारी दिएको भए पनि कोरोना भाइरसका कारण सरसफाई अभियान सञ्चालन भएन । आरोहीहरुले सुरक्षाका उपाय सहित यो वर्ष सगरमाथा सफाइ गर्दा आरोहण नहुने भएकोले सजिलो हुने बताएका थिए । तर सरकारले आरोहण स्थगीत गरेकोले सरसफाई कार्यक्रम पनि भएन ।

सगरमाथा जाने बाटो

लुक्लासम्म काठमाण्डौबाट हवाइ जहाजमार्फत पुग्न सकिन्छ वा सल्लेरी हुँदै आधा बाटो गाडी र पैदल हिँडेर पनि लुक्ला पुग्न सकिन्छ । लुक्लाबाट सुरु हुन्छ मनै लोभ्याउने प्राकृतिक छटा सहितको यात्रा ।

लुक्लाबाट फाक्दिङ हुँदै झण्डै ९÷१० घण्टामा नाम्चे पुगिन्छ । ३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे बजार सगरमाथाको प्रवेशद्वार हो । नाम्चे बजारबाट तेङ्बोचेका लागि पैदल यात्रामा निस्कन सकिन्छ ।

नाम्चेबाट ११ किलोमिटरको दूरीमा रहेको तेङ्बोचे ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ३ हजार ८ सय ६० मिटरको उचाइमा रहेको तेङ्बोचेबाट सगरमाथासहित अमादब्लम, ल्होत्से, नुप्त्से र अरु हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

तेङ्बोचेबाट दिङ्बोचेका लागि यात्रा शुरु हुन्छ । १२ किलोमिटरको दूरीमा रहेको दिङ्बोचे पुग्न तेङ्बोचेबाट ५ घण्टा हिँड्नुपर्छ । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको डिङ्बोचे शेर्पा गाउँ हो, जहाँ मौलिकता अझै बाँकी छ । दिङ्बोचेमा खाजा खाएर लोबुचेको यात्रा सुरु हुन्छ । ५ घण्टामा १२ किलोमिटरको दूरी पार गर्दै ४ हजार ९ सय ३० मिटरको उचाइमा रहेको लोबुचे गाउँ पुगिन्छ ।

लोबुचेबाट सगरमाथा आधार शिविरका लागि यात्रा सुरु हुन्छ । १५ किलोमिटरको दूरी झण्डै ८ घण्टामा छिचोलेर सगरमाथा शिखरको प्रस्थान बिन्दु आधारशिविर पुग्न सकिन्छ । आधारशिविर यति मनोमहक छ कि जसको वर्णन शब्दमा गर्न कठिन हुन्छ ।

आरोहीहरु शरीरलाई मौसम अनुकूल बनाउनका लागि आधार शिविरमा एक हप्तादेखि महिना दिनसम्म पनि बिताउने गर्छन् । मौसम अनुकूल, आधार शिविरभन्दा माथि बाटो निर्माण कार्य, शिविर व्यवस्थापन आदिलाई ध्यान दिएर सगरमाथाको वास्तविक यात्रा पनि आधार शिविरबाटै सुरु हुन्छ ।

आधार शिविरबाट ६ हजार ५० मिटर उचाइमा रहेको पहिलो शिविर पुगिन्छ । खुम्बु आइसफलका कारण पहिलो शिविरमा जाने बाटो निकै खतरनाक छ । त्यहाँ आरोहीहरु एक दुई रात बिताउँछन् केही आधार शिविर आउजाउ पनि गर्छन् ।

पहिलो शिविरबाट दोश्रो शिविरमा जाने बाटो अलि सजिलो छ । ६ हजार ५ सय मिटर उचाइको दोश्रो शिविरमा आरोहीहरु दुई, तीन रात बिताउँछन् । ७ हजार २ सय मिटर उचाईमा रहेको तेश्रो शिविर आरोहीहरुको आराम गर्ने ठाउँ हो । दोश्रो शिविरबाट तेश्रो शिविरमा पुग्न आरोहीले विभिन्न औजार प्रयोग गर्नुपर्छ ।

सगरमाथा आरोहणको अन्तिम शिविर ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो शिविर हो । यहाँ आरोहीहरुको लागि अक्सिजन तथा अन्य औजार राखिन्छ । त्यहाँभन्दा माथि अन्य शिविर नभएकोले चौथो शिविरबाट सिधै शिखरको यात्रा तय हुन्छ । चौथो शिविरबाट १६ देखि १८ घण्टामा शिखर पुगिन्छ ।

शिखर अर्थात ८,८४८ मिटरको उचाइ आरोहीले पाइला टेक्ने अन्तिम जमिन हो । संसारमा यो भन्दा अग्लो स्थानमा कुनै ठाउँ छैन ।


प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार ०३:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech