ताजा अपडेट

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सुविधाभोगि बजेट ल्याउने प्रदेश नै खारेज गर्न प्रदेश सदस्य जि.सी को माग

लुम्बिनी दर्पण २०७७ असार ८, सोमबार १५:२१
[sharethis-inline-buttons]

बुटवल

प्रदेश ५ को आ व २०७७र७८ को बजेट माथी छलफलमा भाग लिदै राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद तारा जिसीले कोरोनाका कारण जनताले दु.ख पाईरहेको बेला जनप्रतिनिधिहरको सुविधा वृद्धि गरेर देशलाई आर्थिक संकटमा पार्न थालेको भन्दै प्रदेशको औचित्य नरहेको बताउनुभयो । प्रदेश सरकारले आफ्नो छुट्टै श्रोत परिचालन गरि खर्च गर्ने अबस्था न्यून रहेको भन्दै खाली संघीय सरकारको अनुदान प्राप्त गरेर प्रदेशको खर्च धान्न पर्ने भए यो प्रदेश संरचनाको औचित्य केछ ? भन्ने प्रश्न गर्दै सरकारको नियत राम्रै होला?तर नियत प्रमुख नभएर परिणाम प्रमुख हो । हामी समाजवाद उन्मुख ब्यवस्था आउछ भनेर टुलुटुलु हेरेर काल पर्खेर बस्ने देश आर्थिक रुपमा टाट पल्टेर असफल राष्ट्र तीर जादै त छैन? सबैले हेक्का राख्न जरुरी छ ।
यो बजटलाई ‘खर्च न पर्च काशी जानै पर्छ’को संज्ञा समेत दिनुभएकोछ । प्रदेश सरकारको बजेटको ठूलो हिंसा संघको अनुदानमा भर परेको,स्वयंम संघको बजेटमा पनि यो आवमा तीन खर्ब ऋण थप्ने प्रस्ताव रहेको औंल्याउदै देश र जनताको टाउको माथी विदेशी ऋण १४ खर्ब पुगी सक्दा पनि ‘ऋण काढेर घीउ खाने’ प्रवृती नगएको कटाक्ष गर्नुभयो ।
विगतका कम्जोरीलाई ‘जूंगाको लडाईको रुपमा’ लिने भन्दा सच्चाउन सकिन्छ । देशले पनि नक्सा र नागरिकता विधेयक सच्चाउन थालेको भन्दै यही संकटको अवसरमा वर्तमान प्रदेशको यो बोझिलो संरचना भंग गर्न माग गनुभयो। विकास,निकास र सुख दुखमा जनताको साथी बन्न सफल भएको स्थानीयतहलाई सुदृण र अझै अधिकार सम्पन्न पारदर्शी र भ्रष्टाचार मुक्त बनाउनु पर्ने समेत बताउनुभयो। प्रदेशको बजेट ७ अर्ब घाटा सहित प्रस्तावित भए पनि त्यो घाटा कसरी पूर्ति गर्ने? कुनै ठोस योजना नभएकोमा आपत्ती प्रकट गर्नुभयो ।
प्रदेशमा महामारीको संकट समुदाय सम्म पुग्नुमा सरकार दोषि रहेको तथ्य औंल्याउदै जनता त्राही त्राही भएको वेला पीसिआर टैस्टको दायरा जिल्ला जिल्ला सम्म बढाएर छिटो छरितो रिर्पोट आउने ब्यवस्था मिलाउने,सरकार वाट जनताको जीवनको रक्षा कसरी गर्न सकिन्छ?भन्ने तर्फ केन्द्रीत हुनुको सट्टा बजेटमा प्रदेशका मन्त्री र सांसदहरुको सेवा सुविधा बढाउन केन्द्रीत हुनु लज्जाको बिषय भएको बताउनुभयो
प्रदेशको खाद्य सुरक्षाको लागी ठोस योजना र कार्यक्रम बजेटमा ब्यवस्था नभएको भन्दै महामारीका कारण उत्पन्न हुने खाद्य संकट समाधानको लागी एक टुक्रा जमिन पनि बाँझो नराख्ने शंकल्पका साथ विविधतापूणर् जैविक खेती प्रणालीको विकासमा ठोस योजना ल्याउनू पर्ने सुझाव दिनुभयो। बास्तव मै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने नै हो भने नेपालमा बढी उत्पादन हुने खाद्यान्न र तरकारीको आयातमा पूणर् प्रतिबन्ध लगाउनु पर्दछ। बहुवाली उत्पादनको संतुलित नीति लागु गर्नुपर्ने,जमिन बाँझो नराख्ने नीति कडाई पूर्वक लागु गर्ने,सेनालाई रसद पानी स्वयंम उत्पादन र जनतालाई समेत आपूर्ति गर्ने गरी कृषि कार्यमा लगाउने र सरकारी जमिन,कान्ला र चौरहरु समेतलाई खेतीमा प्रयोग गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने तर्फ बजेटको ध्यान नगएको टिप्पणी समेत गर्नुभयो ।
कोरोना महामारी रोक्न नीजि स्वास्थ्य संस्थाहरुको भूमिका सुन्य देखिएको भन्दै देशलाई संकट परेको वेला समेत काम नलाग्ने स्वास्थ्य संस्थालाई नाफा कमाउने वेला वेलगाम घोडा जस्तै छोड्नु कुनै पनि अर्थमा उचित नभएको भन्दै बर्षौ देखि मापदण्ड विपरित विज्ञापन गरेर सर्व साधारण जनताको आर्थिक,मानसिक र सामाजिक शोषण गरेको बताउनुभयो। यस्ता नीजि स्वास्थ्य संस्थाहरुलाई नियन्त्रण र नियमन गर्न र मापदण्ड विपरितका अन्य विज्ञापनमा समेत प्रतिबन्ध लगाउन ठोस योजना ल्याउन सरकार सित माग गर्नुभयो ।
सांसद जिसीले आ व २०७७र७८ को बजेट प्रस्तुत गर्नुभएकोमा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेललाई राजमोको तर्फबाट धन्यवाद दिदै बजेटमा तुलनात्मक रुपमा केही सुधारका कुरा समावेश गरिएपनि आशा गरे अनुरुप नभएको र समग्रमा परम्परावादी नै भएको टिप्पणी समेत गर्नु भएको थियो। बजेटमा उठेका प्रश्नहरुको स्पष्टिकरण आजै दिने कार्यतालिका रहेकोछ ।


प्रकाशित : २०७७ असार ८, सोमबार १५:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

भर्खरै

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech