कोरोना विशेष अस्पतालमा मृत्यु भएका कपिलबस्तुका पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, साउन २९
बुटवलको धागो कारखानाको कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ज्यान गुमाएका २५ वर्षीय युवा प्रदीप तेलीको पिसिआर रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का तेलीको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो । राति १२ कपलबस्तुको अस्पतालबाट रिफर गरेर बुटवलको कोरोना विशेष अस्पतालमा ल्याएर भेन्टिलेर राखीएका तेलीको २ वजे मृत्यु भएको थियो ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले मृतक तेलीको पिसिआर रिपोर्टमा नेगेटिभ आएको रातोपाटीलाई बताए । उनले तेलीको मृगौलामा समस्या रहेको त्यसको असर फक्सोमा पनि पुगेका कारण मृत्यु भएको बताए । तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए । भारतबाट नै आउँदा ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए । श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । उनले शव जिम्मा परिवारलाई लगाउने तयारी भइरहेको छ ।

बुधबार नै बुटवलमा कोरोना संक्रमणबाट भेन्टिलेटरमा उपचार गराइरहेका कपिलवस्तुकै ४२ वर्षीय कृष्ण कुमार गुप्ताको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको शव नेपाली सेनाले राती नै बुटवल र देवदहको बिच राजमार्ग व्यवस्थापन गरेको डा. थापाले बताए ।


प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १४:०६