
लुदअ कपिलवस्तु, कात्तिक २६
कोरोना संक्रमणबाट वाणगंगा नगरपालिका–६ का ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनी सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकको आइसोलेनमा भर्ना भएका थिए । लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा सोमबारै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।
श्वासप्रश्वासमा समस्या देखिएका उनलाई तत्काल आईसीयूमा राख्नुपर्ने बेड खाली नहुँदा फिवर क्लिनिकमै राखेर उपचार गरिएको थियो । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

