काठमाडौं ः
सरकारले आफ्नो निर्णय विपरित अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको जनाउँदै ति अक्सिजनहरु तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अँझै पनि अक्सिजन र अक्सिजन सिलिण्डरहरु उद्योगमा प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन भनेको हो । मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आज एक सूचना जारी गर्दै सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेका छन् । मन्त्रालयले अक्सिजन र अक्सिजन सिलिण्डर उद्योगमा प्रयोग नगर्न नेपाल सरकारको निर्णय विपरित अहिले पनि विभिन्न उधोगमा अक्सिजन र अक्सिजन सिलिण्डरहरु प्रयोग भइरहेको जनाएको छ । साथै, अनुगमनका क्रममा ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खाली रहने वा भरेर भण्डार गरेर राख्ने पाइएको भन्दै यसरी नराख्न सबैलाई अनुरोध समेत गरेको छ । मन्त्रालयले सरकारको निर्णयको पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार अनुगमन गरी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *