नगरपालिकाका गाडीलाई संक्रमित बोक्ने एम्बुलेन्स बनाउनुपर्छ : वडाध्यक्ष आचार्य

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, बैशाख २३
कपिलवस्तुको बुद्दभुमी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिकास आचार्यले नगरपालिकामा प्रयोग भइरहेका गाडीहरू र सवारी साधनलाइ कोभिड १९ को महामारीमा एम्बुलेन्सको रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।

वडाध्यक्ष आचार्यले कसैको पनि एम्बुलेन्सको अभाबमा मृत्यु नहोस् भन्ने हेतुले नगर प्रमुख र प्रशासकिय अधिकृतले प्रयोग गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुझाव तथा आग्रह गरेका हुन् । बुद्दभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले दुई वटा गाडी हरु निजि प्रयोजनका रूपमा प्रयोग गरिरहदा वडा अध्यक्ष बिकास आचार्यले यस्तो सुझाब दिएका हुन् ।

उनले छिटो छरितो रुपमा सेवा दिनको लागि जनप्रतिनिधि चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । उनले संजालमा लेखेका छन् ।

“हाम्रो बुद्धभुमी नगरपालिकामा हाल २ ओटा गाडिहरु छन जुन मेयर साप र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गरि राख्नु भएको छ,बढ्दो कोभिड संक्रमण सङै बिरामीहरु एम्बुलेन्सको अभावमा मृत्युबरण गर्न नपरोस् भन्ने हेतुले ती दुई गाडिलाइ एम्बुलेन्सको रुपमा प्रयोग गर्दा जनतालाइ राहत मिल्थ्यो कि ? ”

 


प्रकाशित : २०७८ बैशाख २३, बिहीबार १४:५३