लुदअ कपिलवस्तु, ३ जेष्ठ
कपिलवस्तुु शिवराज नगरपालिका वडा नं १ र शिवपुर स्वास्थ चौकिले पौष्टिकयुक्त आहार वितरण गरेको छ । केभिड १९ कोरोना भाईरस संक्रमित ज्येष्ठ नागरीक, बालबालिका र सुनौलो हजार दिनका आमालाई थप निगरानि र स्वास्थ परामर्श सहित पोषिलो खाना वितरण गरीएको हो ।
शिवराज नगरपालिका वडा नं १ का कोरोना संक्रमितहरु मध्य गर्भवति महिला लक्षित थप स्वास्थ स्याहार परामर्श र पोसषलो खाना १ क्यारेट अण्डा, ३० चक्कि क्याल्सीयम, १ किलो आयो नुन, आधा किलो च्वनपरास लगायत आवश्यक सुुरक्षाका किट प्रदान गरीएको हो ।
शिवपुर स्वास्थ चौकिको अगुुवाईमा शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष जगत बहादुुर जिसि, कार्यपालिका सदस्य लक्ष्मि हमाल,शिवपुुर स्वास्थ चौकि प्रमुुख लेखनाथ पौडेलको सहभागितामा उक्त पोषिलो खाना सहित आवश्यक परामर्श दिईएको हो ।
शिवराज नगरपनलिका वडा नं १ मा रहेका २ जना गर्भवति, ४जना ज्येष्ठ नागरीक, १५ बर्ष मुुनिका ४ जना र २ बर्ष मुुनिका १ जना कोरोना संक्रमित रहेका छन । र अन्य होम आइशोलेशनमा रहेका संक्रमितहरुलाई नियमित परामर्श दिईरहेको शिवपुर स्वास्थ चौकि प्रमुुख लेखनाथ पौडेलले जानकारी दिनुुभयो ।

