आज नेपालमा ८२०३कोरोना संक्रमित थपिए, ६८९१ डिस्चार्ज १९६ को मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं
पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जनामो कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना जितेका छन् भने १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १२:०४