सियारी गाउपालिकामा कोरोना नियन्त्रणको लागि घरदैलो अभियान

फर्साटिकर, जेष्ठ ४

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना सक्रमण नियन्त्रणको लागि सियारी गाउपालिकाले आयुर्वेद तथा एलोपेथिक स्वास्थ्य टोलि सहित घर दैलो अभियान कार्यक्रम शुरु गरेको छ।लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलबाट संचालित नागरिक आरोग्य सेवा केन्द्र सियारी (३ हर्नैया तथा एलोपेथिक चिकित्सा पद्धति दुवैको सहकार्यमा सियारी (७ पश्चिम् अमवा स्थित अस्थायी कोभिड अस्पतालबाट घरदैलो अभियान शुरु भएको छ। सियारीवासीको स्वास्थ्य सेवा गाउपालिकाको महत्त्वपूर्ण जिम्मेवारी भएकोले स्वास्थ्य टोलि सहितको घरदैलो अभियान गाउपालिकाको सम्पूर्ण ठाउमा टोल टोलमा गरिने गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले बताउनु भयो। घर दैलो अभियान कार्यक्रम अन्तरगत कोरोना सक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने किसिमका आयुर्वेद तथा एलोपेथिक औषधि वितरण गर्नुको साथै सक्रमितको स्वास्थ अवस्थाको वारेमा जानकारी लिदै कोरोना जित्नको लागि योगाभ्यास तथा प्राणायाम गर्नुपर्ने बारेमा प्रकाश पारिएको थियो । घरदैलो अभियानमा गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु ,वडा अध्यक्षहरु ,आयुर्वेद तथा एलोपेथिक चिकित्सा पद्धतिका स्वास्थ्यकर्मीहरुको टिम सहभागी थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *