रूपन्देहीमा आज ३ सय ९ जना कोरोना संक्रमित , १० जनाको मृत्यु

[sharethis-inline-buttons]

बुटवल, जेठ ५

रूपन्देहीमा एकैदिनमा ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् भने सोही अवधीमा १० जनाको मृत्यु भएको छ । रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ हजार ८८८ पुगेको छ । मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।

१००९ जनाको कोरोना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएको हो । ।बुटवल उपमहानगरमा सबैभन्दा धेरै १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार १७ पुगेको छ । जसमध्ये १७ हजार ७५२ जना निको भएका छन भने २४ घण्टामा ७ सय ९ जना संक्रमित निको भएका छन् ।

त्यसैगरि तिलोत्तमामा ८३ जना, सिद्धार्थनगर नगरपालिकामा २७ जना, देवदह नगरपालिकामा २२ जना, सैनामैना नगरपालिकामा २५ जना, ओमसतिया गाउँपालिकामा १४ जना, शुद्धोधन गाउँपालिकामा ९ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ५(५ जना, कञ्चन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३(३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र कोटहीमाई गाउँपालिकामा १(१जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार १२:१५