बुटवल उपमहानगरद्वारा एक महिनामा ५ हजार बढीलाई कोभिड–१९ विरुद्धको दोस्रो खोप

[sharethis-inline-buttons]

बुटवल । कोरोना महामारीको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले एक महिनाको अवधिमा ५ हजार बढीलाई कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप प्रदान गरेको जनाएको छ छ । उपमहनगरले वैशाख महिनाभित्र मात्रै ५ हजार ७३० जनालाई कोभिड–१९ विरुद्धको (दोस्रो डोज) खोप प्रदान गरेको हो । जनतालाई सुरक्षित राख्न भन्दै बुटवल उपमहानगर पालिकाले घरदैलोसहित आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य जानकारी, अक्सिजन बैंक सेवा, आइसोलेशन सेवा तथा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । कोरोनाको दोस्रो लहर सुरुभएदेखि वैशाख महिनाभित्र मात्रै उपमहानगरले १ हजार ५३७ जनालाई निःशुल्क रुपमा आर्युवेदिक औषधिसहित स्वास्थ्य जानकारी, १७५ जनालाई निःशुल्क एम्बुलेन्स सेवा तथा २९८ जनालाई अक्सिजन सेवा उपलब्ध गराएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।


प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार १३:२०