
जेठ १० गते
काठमाडौं ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड(१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप आपूर्तिका लागि ती मुलुकलाई पत्राचार समेत गरिएको बताए ।
नर्वेमा स्टकमा रहेको खोप ल्याउनका लागि शुक्रबार आफूले नर्वेली राजदूतसँग कुरा गरेको र नर्वेले सकारात्मक जवाफ दिएको मन्त्री त्रिपाठीले जानकारी दिए । मित्रराष्ट्रबाट अहिलेसम्म २ अर्ब बराबरको स्वास्थ्य सामाग्री नेपालले प्राप्त गरेको जानकारी दिँदै मन्त्री त्रिपाठीले थप मुलुकहरुले स्वास्थ्य सहायता उपलब्ध गराउन चाहेको समेत बताए ।
नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएको जानकारी मन्त्री त्रिपाठीले दिए ।

