जेठको चौथों हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने सरकारको भनाइ

ByLumbini Darpan Online

१० जेष्ठ २०७८, सोमबार १३:२१ १० जेष्ठ २०७८, सोमबार १३:२१ १० जेष्ठ २०७८, सोमबार १३:२१

सरकारले आउने चौथों हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताएको छ । पछिल्लो समय औसतमा ८ हजारका दरले कोरोना सङ्क्रमित थपिए पनि आउने चौंथो हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताइएको हो । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सम्बन्धमा आज आयोजित भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले हाल नेपालमा कोरोना सङ्क्रमणको दर ८ हजार रहेपनि आउने चौंथो हप्तादेखि सङ्क्रमण दर घट्दै जाने दावी गर्नुभयो । उहाँले नेपालका विभिन्न जिल्लामा जारी निषेधाज्ञा र सरकारले कोरोना परीक्षण द्रूत गतिमा गरिरहेको हुँदा आउने दिनमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताउनुभयो । मन्त्री त्रिपाठीले हालसम्म नेपालमा झन्डै २ अर्ब बराबरको स्वास्थ्य सामग्री सहयोग आएको भन्दै खोप खरिदका लागि विभिन्न मुलुकसँग पहल र छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *