पाल्पाका दुई पालिकाले कोभिड खोप खरिदको लागी अनुमती माग ।

[sharethis-inline-buttons]

पाल्पा १० जेठ
नेपाल सरकार बाट प्रयाप्त कोरोना खोप नपाएपछी पाल्पाका दुई पालिकाले आफै खोप खरिदको लागी अनुमती माग गरेका छन ।रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले आफै कोभिड विरुद्धको खोप खरिदको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग अनुमती मागेका हुन । रामपुर नगरपालिकाले ५० हजार डोज र रम्भा गाउँपालिकाले २० हजार डोज कोभिड भ्याक्सिन खरिदको लागी मन्त्रालय ंसंग अनुमती मागेका हुन । विपद व्यबस्थापन कोषमा १ करोड ५० लाख रुपैया, कोरोना कहरको कारण खर्च हुन नसकेको विकास बजेट, रामपुर क्षेत्र बाट विदेशमा रहेका व्यक्तिहररुको सहयोगमा कोभिड खोप खरिदको लागी बजेट व्यबस्थापन गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख थापाले बताए । रम्भा गाउँपालिकाले विपद व्यबस्थापन कोषमा ७० लाख रुपैया रहेको, थप बजेट चालु आर्थिक बर्षमा सम्झौता नभएका विकास निर्माणको योजना बाट परिपुर्ति हुनेगरी मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।


प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार १३:२४