आज नेपालमा थप ८ हजार ६ सय ३६ जनामाकोरोना सङ्क्रमण ,१६९ जनाको मृत्यु

[sharethis-inline-buttons]

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४०४ जना कोरोना निको भएका छन् आज निको भएका सँगै हालसम्म कोरोना निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । त्स्तै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३ सय ६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दाआज ८ हजार ६३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय सङ्क्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ । हाल देशभर कुल सङ्क्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने क्वारेन्टाइनमा ९१४ जना रहेका छन् ।


प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार १२:२२