सियारीको अमवा कोभिड अस्पताललाई डा बद्री रिजालबाट दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग 

[sharethis-inline-buttons]

सियारी ,जेष्ठ १३
रुपन्देहीको सियारी गाउपालिकाद्वारा संचालित अस्थायी अमवा कोभिड अस्पताललाई सियारी निवासी नेपाल चिकित्सक महासंघका  केन्द्रिय महासचिव हाल विर अस्पतालका हाड जोर्नि तथा नसा रोग  विशेषज्ञ डा बद्री रिजालले दुइ थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान एन नाइन्टि फाइभ मास्क सहयोग गर्नुभएको छ। सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारीको पहलमा डा बद्री रिजालले अमवा कोभिड अस्पताललाई  स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो। ।बिहीबार वडा अध्यक्ष सरोज अधिकारी मार्फत अमवा अस्थायी कोभिड अस्पतालका संयोजक दिपेन्द्र रिजाललाई दुइ थान  अक्सिजन कन्सन्ट्रेटर र १०० थान एन नाइन्टि फाइभ मास्क हस्तान्तरण गरिएको हो ।कोभिड अस्पतालमा हाल ५ जना कोभिडका बिरामीको उपचार भैरहेको कोभिड अस्पताल संयोजक दिपेन्द्र रिजालले जानकारी दिनु भयो ।


प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १०:३७