रुपन्देहीको करहिया खनेपानीद्वारा तिलोत्तममाको आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

जेठ १६
करहिया खनेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आज एक कार्यक्रम बीच तिलोत्तमा ९ केवलानीको आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष यम बहादुर पुनले कोरोना सङ्क्रमित विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै स्ट्रेचर ,ह्विल चेयर फ्रिज लगातका करिव ७० हजार बराबरका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । उहाँले आइसोलेसन अस्पताललाई सहयोग गर्न पाउँदा खुशी भएको बताउँदै कोभिड महामारीलाई मध्यनजर गरी खानेपानी उपभोक्तालाई १महिनाको महशुल छुट गरिएको समेत जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ जेष्ठ १६, आईतवार १२:००