४ हजार १७८ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ४९१ जना निको

[sharethis-inline-buttons]

जेष्ठ १७,

काठमाडौँ —
गएको २४ घण्टामा देशभर ४ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

 

यस्तै, २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ । क्वारेन्टाइनमा ६८९ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ११४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।


प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १२:३५