रुपन्देहीमा पछिल्लो २४ घण्टामा १४७ जनामा संक्रमण पुष्टि ,८९० जना संक्रमण मुक्त

[sharethis-inline-buttons]

बुटवल ।

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ५३८ जनाको कोरोना परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि छ ।त्यर्सैगरि आज ८९० जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ । जिल्लामा हिजो ५१ जनामा संक्रमित थपिएका थिए भने ३०३ संक्रमणबाट मुक्त भएका थिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा ३६।३६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी देवदह नगरपालिकामा १९ जना, सियारी गाउँपालिकामा ११ जना, सैनामैना नगरपालिकामा १० जना, सिद्धार्थ नगरपालिकामा ९ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५३१ पुगेको छ । जसमध्ये २३ हजार ९५५ जना निको भएका छन । हाल जिल्लामा २ हजार १३९ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पहिला छुटेको विवरण र पछिल्लो २४ घण्टामा गरी थप १६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।


प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १२:५०