लुम्बिनी प्रदेश सभामा विपक्षीद्धारा सरकारको विरोध

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुम्बिनी प्रदेश सभामा विपक्षी दलहरुले सरकारको विरोध जनाएका छन् । आजदेखि शुरु भएको ८ औं अधिवेशनको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्य विपक्षी दलका नेताहरुले सरकारको वैधानिकता माथि प्रश्न उठाउँदै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरे । आजको पहिलो बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले पठाउनुभएका अधिवेशन आह्वानको पत्र सभामुख पूर्णबहादुर घर्तिले पढेर सुनाए लगत्तै सुरु भएको थियो । बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रमुख सचेतक फकरउद्दिन खानले मूख्यमन्त्रीको राजीनामा माग गरे । नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्य सुरदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेलको वैधानिकमा माथी प्रश्न उठाउँदै सपथग्रहणप्रति आपत्ति जनाउनुभयो । बरालले मुख्यमन्त्रीलाई सपथ खुवाउनका लागि प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको क्वाटरमा पुयाइएको टिप्पणी गरे ।
प्रदेशसभाका बहुमत सदस्यहरु एकातिर हुँदाहुँदै अवैधानिक रुपमा मुख्यमन्त्री पोखरेललाई सपथ ग्रहण गराइएको बताउँदै उहाँले नैतिकताका आधारमा वर्तमान सरकारले राजीनामा दिनु पर्ने माग गरे । त्यस्तै लुम्बिनी प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता लिला गिरीले प्रदेशसभा सचिवालयले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभा सचिवालयले छापामार शैलीमा भेदभावपूर्ण व्यवहार हुनु राम्रो संकेत नभएको टिप्पणी गरे । बैठकमा सदस्यहरु विरबहादुर राना, तारा जिसी, शंकर गिरी, इन्द्रजित थारुले बोल्दै सरकारको आलोचना गर्नुभएको थियो ।


प्रकाशित : २०७८ जेष्ठ १९, बुधबार ११:२५