बुटवल, जेठ २० ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सरकारमाथि औला ठडाउने कुनै ठाउँ नरहेको बताएका छ । उनले अहिलको सरकार पूर्ण बहुमतको रहेको बताए । विनियोजन विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले भने, ‘सरकार अवैधानिक छ भन्ने रटान राख्नुपर्ने जरुरी छैन । आवश्कयता ठानिए मुख्यमन्त्रीले उपयुक्त समयमा विश्वासको मत लिने काम पनि हुन्छ ।’ चौधरीले सरकार संसदबाटै बजेट पास गराउन चाहेको बताए । ‘सरकार अध्यादेशतर्फ र दायाबाँया र संसद छलेर जान चाहँदैन । हामी बहुमतमा छौ । बहुमतको सरकार इदर उदरबाट चल्दैन ।’ विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको भन्दै सरकारको राजीनामा माग गर्दै आएका छ । कानूनी हिसावले यो सरकार संख्या ४५ हो र व्यवहारिक हिसावले ४२ रहेको दावी गर्दै प्रवक्ता चौधरीले विपक्षीलाई संविधान पढन सुझाव दिए । यसअघि विनियोजन विधयेकमाथि प्रदेशसभामा आफ्ना धारणा राख्दै लुम्बिनी प्रदेशसभा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले विनियोजन विधयेक सिद्धान्त र प्राथामिकतामाथि सुझाव दिँदै प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ‘लभ लेटर’ पठाएको बताएका छन् । सबै पढेर माननीय माननीयन्यूहरूलये मन्त्रालयमा सुझाव पठाउनुहोला भनने अर्थमन्त्रीे अर्थमन्त्री तीन वर्ष अगाडि भएको अझ राम्रो हुने थियो भन्नुभएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *