स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहरमा बालबालिका बढी सङ्क्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ सङ्क्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो । महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको अब बालबालिका केन्द्रीत तयारी गर्नुपर्ने उल्लेख छ । पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ , बिज्ञप्तिमा उल्लेख छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
कोरोनाको तेस्रो लहरले बालबालिकालाइ प्रभाव पार्ने भएकाले तयारी अवस्थामा रहन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको आग्रह ।।
प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार १३:३६
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech