आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको -जसपा अध्यक्ष ठाकुर

ByLumbini Darpan Online

२२ जेष्ठ २०७८, शनिबार ११:२२ २२ जेष्ठ २०७८, शनिबार ११:२२ २२ जेष्ठ २०७८, शनिबार ११:२२

२२ जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ । जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *