आज देशभर थप ३ हजार ५४० मा कोरोना पुष्टि, २४ घण्टामा ८ हजार २४३ जना संक्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

जेष्ठ २२,

काठमाडौँ —
२४ घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ११ हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार ३४३ एन्टिजेन परीक्षणमा १ हजार ५०२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ८५ हजार १०० पुगेको छ ।

यस्तै, २४ घण्टामा ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ पुगेको छ । क्वारेन्टाइनमा ७३० जना छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

 


प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १२:३९