
पाल्पामा निषेधाज्ञा जारी छ , तर पनि कोरोना सङक्रमण नियन्त्रण आउन सकेको छैन । जिल्लाका दश वटै स्थानीय सरकारले आ आफ्नो तरिकाले कोरोना सङक्रमण रोकथाम र नियन्त्रणका लागी काम गरिरहेका छन् । त्यस्तै पाल्पाको रम्भा गाउँपालिकाले सङ्क्रमितको आइसोलेसन खर्च र सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई किरिया खर्च बापत ५० हजार सहयोग गर्ने भएको छ । पाल्पामा कोरोना संक्रमण दर घटेको छैन । जिल्लाका स्थानीय तहले कोरोनाबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न सबै खाले उपाय अवलम्बन गरेका छन । जिल्लाको रम्भा गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारको खर्च र किरिया खर्च बापत ५० हजार दिने निर्णय भएको गाउँपालिका प्रबक्ता कृष्णप्रसाद रेग्मीले बताउनुभयो । पालिकाले संबेदनशिल क्षेत्र निर्धारण गरि कन्ट्याक्ट ट्रेसिङ्ग गर्दै आएको छ । पलिकाको वडा न १,३ र ५को बजार क्षेत्रलाई स
ंबेदनशिल मानि स्वास्थ्यकर्मीहरु खटाइएको छ ।

