
लक्ष्मी पान्डे
तिलोत्तमा
जेठ २३
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं ९मा रहेको आइसोलेसन सेन्टरमा रहेका कोरोनाका बिरामीलाई स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार वितरण गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितीको कोरोना संक्रमित बिरामीलाई राहत बाड्ने अभियान अन्तर्गत आज तिलोत्तमा नगरपालिका वडा नं ९मा रहेको आइसोलेसन सेन्टरमा रहेका कोरोनाका बिरामीलाई सो सामग्री बितरण गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार अन्तरगत पानी , चेबनपरास,सेनिटाइजर ,माक्स लगाएतका सामाग्री बितरण गरीएको हो ।कार्यक्रममा तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डे,तिलोत्तमा नगर उपादध्यक्ष गोपीनाथ पाण्डे,जिल्ला सदस्य रुक्मागत पाण्डे,केन्द्रिय कार्यसम्पादन कार्यसमितिका सदस्य ताइर अलि,क्षेत्र नं १ क का अध्यक्ष हिमलाल गौतम ,वडा नं ९ का वडाध्यक्ष चन्द्र प्रताप सिंह , वडा नं १३ का वडाध्यक्ष दल बहादुर जि सी , तिलोत्तमा कार्यसमिती सदस्य विपिन तिमील्सिना ,जिल्ला सदस्य,विक्रम के सी लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । यो अभियान अन्र्तगत रुपन्देही भित्रका सम्पुर्ण आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार हस्तान्तरण गरिएको र अब लुम्बिनी र मर्चवारमा बितरण गर्न बाकी रहेको भन्दै अब १र २ दिन भित्रमा सो स्थानमा पनी हस्तान्तरण गर्ने ,केन्द्रिय कार्यसम्पादन कार्यसमितिका सदस्य अलिले बताउनुभयो ।स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार तिलोत्तमा नगरपालिकाको आइसोलेशन अस्पतालका इन्चार्ज खगराज पोख्रेल रअस्पतालका व्यवस्थापक गणेश भण्डारीले ग्रहण गर्दै अभियानको सफलताको शुभकामना पनि दिनुभयो । त्यस्तै स्वास्थ्य सामाग्री बितरण कार्यक्रम अन्तर्गत तिलोत्तमाको प्रहरी कार्यालयमा पनि पानी, माक्स, सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री पनि बितरण गरिएको थियो ।

