आज थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त , ९२ जनाको मृत्यु

[sharethis-inline-buttons]

 

२४ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।


प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार १२:१७