रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७१ जनामा संक्रमण पुष्टि ,५२ जना निको

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनाको कोरोना परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको छ भने ५२ जना निको भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरपालिकामा २० जना, तिलोत्तमा नगरपालिकामा १७ जना, देवदह नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना र सैनामैना नगरपालिकामा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सम्मरीमाई गाउँपालिकामा ६ जना, कञ्चन, शुद्धोधन र कोटहिमाई गाउँपालिकामा २÷२ जना र मर्चवारी गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ५६३ पुगेको छ । जसमध्ये २६ हजार १० जना निको भएका छन । हाल जिल्लामा १ हजार ९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६२ पुगेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *