दाङमा गोली चलेको विषयमा प्रहरीद्धारा दुई जनालाई पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

जेठ २८

कुलोपानीको विषयमा विवाद हुँदा दाङको तुलसीपुर–८ अश्वारामा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कुलो निर्माणको विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका प्रहरीले जनाएको छ । गोली भने कसैलाई पनि नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो ।कुलोको विषयमा विवाद हुँदा तुलसीपुर–८ चन्द्रगञ्ज वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको डीएसपी सिंहले जानकारी दिनुभयो । प्रहरीले फायरिङ गरेको पेस्तोलसहित सात राउण्ड गोली नियन्त्रणमा लिएको छ । गोली चलाएर मोटरसाइकलमा भागेका वलीलाई तुलसीपुरको पातुखोलाबाट नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ २८, शुक्रबार १३:४४