२९ जेष्ठ,
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ३१९ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जना निको भएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३३ जना, ओमसतिया गाउँपालिकाल, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २२ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६६५ पुगेको छ । जसमध्ये २६ हजार २२१ जना निको भएका छन ।
हाल जिल्लामा ९७९ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६५ पुगेको छ । हिजो रुपन्देहीमा कोरोनाको दास्रो लहर सुरु भएदेखि पहिलो पटक कोरोनाबाट कसैको पनि मृत्यु भएको थिएन्।