
रुपन्देहीमा पछिल्लो २४ घण्टामा १०१ निको हँुदा थपिए ४५ संक्रमित थपिएका छान् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिकामा १७ जना तिलोत्तमा नगरपालिकामा ९ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २÷२ जना, गैडहवा गाउँपालिका, ओमसतिया गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १÷१ जना संक्रमित थपिएका छन् । हाल जिल्लामा ९२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

