
३० जेठ, नवलपुर ।
नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन भएसँगै नवलपुरमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको हो ।
कोरोना संक्रमणको पहिलो लहरदेखि आजसम्म आईपुग्दा एक सय जनाको ज्यान गएको स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।
चैत मसान्तसम्म ३२ जनाले ज्यान गुमाएकोमा दोस्रो लहरमा अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ । ०७८ बैशाख महिनामा १८ जनाको निधन भएकामा जेठ यता ५० जनाले ज्यान गुमाईसकेका छन् ।
अब जिल्लामा ६ सय २७ जनामात्र सक्रिए संक्रमित रहेका छन् ।