थप ५२ जनाको कोरोनाका कारण मृत्यु, थपिए २ हजार ८ सय ८२ नयाँ सङ्क्रमित ।।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नेपालमा गत २४ घन्टामा ३ हजार ८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणकामुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर २ हजार ८ सय २८ जना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार १३ हजार २० कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणका पुष्टि भएको हो । यस्तै गत २४ घन्टामा देशभर ५२ जनाको कोरोनाका कारण सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।


प्रकाशित : २०७८ असार २, बुधबार १२:४७