
लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा धार्मिक तथा पर्यटकीय क्षेत्र रुरु धाममा रहेका दर्जन बढी बस्ती डुबानमा परेका छन भने प्रेमको प्रतिक र नेपालको ताजमहलको रुपमा परिचित रानीमहल क्षेत्र समेत डुबानमा परेको छ । अविरल बर्षासंगै सिदार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडकको गौडेपल नजिकैको सडक नै बगाएकाले राजमार्ग बिहानैबाट ठप्प बनेको पाल्पा प्रहरी बताएको छ ।

