
नेपालमा गत २४ घन्टामा ३ हजारभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर १२ हजार ४ सय ८४ कोरोना परीक्षण गर्दा थप २ हजार ६ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज७ हजार ७ सय ११ आरटी पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ६८ जना र ४ हजार ७ सय ७३ एन्टीजेन परीक्षण गर्दा ८ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख १५ हजार ५ सय ८४ जनामा कोरोना देखिएको छ भने एन्टीजेन विधिबाट २४ हजार ५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै गत २४ घन्टामा देशभर २ हजार १ सय ४१ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । यो दर कुल सङ्क्रमितको ८८ दशमलव ६ प्रतिशत हो । यस्तै गत २४ घन्टामा थप ३९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

