
बुटवल ।
गएको २४ घण्टामा रुपन्देहीमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा बिगत केही समय देखी कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको हो भने ६० जना निको भएका छन् ।
१३६ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको हो । आज तिलोत्तमा नगरपालिकामा ९, बुटवल उपमहानगरपलिका र देवदह नगरपालिकामा ३र३ जना, सैनामैनामा नगरपालिका, सिद्धार्थनगर नगरपालिकाका र कन्चन गाउँपालिकामा २र२ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४१२ रहेको छन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितको मृत्यु थपिएका छन् । जिल्लामा अहिलेसम्म जिल्लामा ४७७ जनाको ज्यान गईसकेको छ ।

