रुपन्देहीमा बिगत केही समय देखी कोरोना संक्रमितहरुको संख्या घटदै ,आज १५ जनामा संक्रमण पुष्टि

[sharethis-inline-buttons]

बुटवल । ​
रुपन्देहीमा बिगत केही समय देखी कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज १५ जनामा संक्रमण पुष्टि भएको छ भने ६९ जना निको भएका छन् ।

१३१ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । तिलोत्तमा नगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना, बुटवल उपमहानगरपलिकाका, देवदह नगरपालिका र सैनामैना नगरपालिकामा २र२ जनामा र सियारी गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३० रहेको छन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट ३ जना संक्रमितको मृत्यु थपिएका छन् । जिल्लामा अहिलेसम्म जिल्लामा ४८१ जनाको ज्यान गईसकेको छ ।

 

 


प्रकाशित : २०७८ असार ७, सोमबार १२:५२