
असार १०,बुटवल
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ जना कोरोनाका विरामी थपिदा ४४ जना निको भएका छन् ।आज रुपन्देहीमा ८१ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमणपुष्टि भएको हो । सैनामैना नगरपालिकामा २ जना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाउँपालिकामा १र१ जना संक्रमित थपिएको थियो । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २२९ रहेको छन् ।
जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको कोरोनाकै कारण ज्यान गईसकेको छ ।
यस्तै पछिल्लो २४ घण्छामा कोरोनाका कारण कसैको पनिज्यान नगएको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।

