पछिल्लो २४ घण्टामा रुपन्देहीमा थपिए २१ संक्रमित,

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल १३ असार,

​ रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना कोरोनाका विरामी थपिएका छन । २०७ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोनामु्क्त भएका छन । तिलोत्तमा नगरपलिका र सिद्धार्थनगर नगरपालिकामा ५ /५ जना, बुटवल महानगरपालिकामा ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३ जना, सियारी गाउँपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १ /१ जना संक्रमित थपिएका छन् ।

​रुपन्देहीमा वितेको २४ घण्टाको समयमा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ । अहिले रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या २०२ रहेको छ।


प्रकाशित : २०७८ असार १३, आईतवार १०:३५