तिलोत्तमामा ‘सडक एन्टिजेन कोरोना परीक्षणमा १३ जना पोजेटिभ

ByLumbini Darpan Online

१६ असार २०७८, बुधबार ११:२४ १६ असार २०७८, बुधबार ११:२४ १६ असार २०७८, बुधबार ११:२४

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज सडकमा कोरोना परिक्षण गरेको छ । मणिग्राममा सञ्चालन गरिएको ‘सडक कोरोना परीक्षण’ कार्यक्रममा एक सय १४ जनाको परिक्षण गरिएको थियो । एन्टिजेन परिक्षण गरिएका मध्ये ७ जना महिला र ६ जना पुरुष गरी १३ जनामा कोरोना पोजिटिभ देखिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । सडकमा सवारी चालक, सहचालक, यात्रु, रिक्साचालक तथा विद्यार्थीहरुको एन्टिजेन परिक्षण गरिएको थियो । नगरपालिकाले असार १८ गते योगिकुटी र १९ गते कोटिहवामा पनि सडक एन्टिजेन परीक्षण कार्यक्रम सञ्चालन गर्नेछ । नगरप्रमुख वासुदेव घिमिरेले आज एन्टिजेन परीक्षण गर्दा ११.४ प्रतिशतमा कोरोना पुष्टि भएकाले अझैं जोखिम नहटिसकेको बताउनुभयो । उहाँले भन्नुभयो–‘विहानको प्रारम्भिक नतिजा राम्रो देखिएन । सचेत बनौं ।’ महामारी केही मथ्थर भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पारेको छ । तर, सडकमा परिक्षण गर्दा संक्रमण दर अझैं नघटेको देखिएकाले सुरक्षा अपनाउन पर्ने तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *