आज २ हजार ३ सय २८ जना कोरोनाका बिरामी थपिए ,३ हजार ६६ जना कोरोनामुक्त

[sharethis-inline-buttons]

काठमाडौं , असार १९

 

आज २ हजार ३ सय २८ जना कोरोनाका बिरामी थपिएका छन । १० हजार १३३ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यतिका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोनामुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेकोसंख्या ९ हजार १९८ पुगेको छ ।


प्रकाशित : २०७८ असार १९, शनिबार ११:०९