रुपन्देहीमा आज ४२ जना कोरोनाका बिरामी थपिदा ११९ जना निको

ByLumbini Darpan Online

२३ असार २०७८, बुधबार ११:२७ २३ असार २०७८, बुधबार ११:२७ २३ असार २०७८, बुधबार ११:२७

बुटवल,असार २३
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमणा पुष्टि भएको छ । १४९ जनाको कोरोना परिक्षण गरएकोमा ४२ जनामा संक्रमण देखिएको हो ।

जसमध्ये तिलोत्तमा नगरपालिकामा १२, बुटवल उपमहानगरपालिकामा ११, सिद्धार्थनगर नगरपालिकामा १०, सैनामैना नगरपालिकामा ६, कञ्चन गाउँपालिकामा २ र देबदह नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । छुटेका १२ जना मृतकको विवरण पििन स्वास्थ्य कार्यालयले प्रकाशित गरेको छ । यो संख्यासँगै अहिलेसम्म जिल्लामा ५०२ जनाको कोरोना संक्रमणबाट ज्यान गईसकेको छ ।,हाल रुपन्देही जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६५ रहेको छन भने ११९ जना कोरोनामुक्त भएका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *