पिपलको पातले यी ५ गम्भीर रोगका लागि औषधिको काम गर्छ

[sharethis-inline-buttons]

काठमाडौं ,असार २६,

 

 

हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए ।तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

मुटुसम्बन्धी रोगको औषधि

तपाईलाई थाहा छ कि छैन, पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पिपलका १५ ओटा ताजा पातहरु १ लिटर पानीमा उमाल्नुहोस् । त्यसलाई तबसम्म उमाल्नुहोस् जबसम्म १ लिटर पानी घटेर त्यसको तेस्रो हिस्सा नहोस् । त्यसपछि त्यसलाई चिसो बनाएर छान्नुहोस् । उक्त अर्धतरल पदार्थलाई तीन भागमा बाड्नुहोस् । त्यसपछि विहान ३ घण्टाको फरकमा खानुहोस् । हरेक दिन यस्तो गर्नाले तपाईलाई मुटु सम्बन्धी रोगको खतरा कम हुने छ ।

दाँतका लागि

बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकरा पाइन्छ ।

दमका रोगीको लागि बूटी

लगातार खोकी रहने ९दम०को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

रुघा–खोकीको अचूक औषधि

मौसममा आउने बदलीका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।

निमोनियामा राहत

निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् । स्रोत लोकान्तर


प्रकाशित : २०७८ असार २६, शनिबार ०९:०१