
बुटवल ,साउन ४
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४२ जना कोरोनाका संक्रमित थपिदा ४७ जना संक्रमणमुक्त भएका छन् ।आज रुपन्देहीका बिभिन्न अस्पतालका प्रयोगशालामा गरिएको २३५ जनाको कोरोना परीक्षण गर्दा ४२ जनामान कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा २१ जना, बुटवल उपमहानगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा १( १ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । आजरुपन्देहीमा कोरोना संक्रमणबाट १ जनाको न्यान गएको छ । हाल जिल्लामाकोरोनाका संक्रिय बिरामी संख्या ३१८ रहेको छ।